• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ८, आईतबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

      शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

      पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

      निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

      नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

      विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

      विजयभन्दा रेनु ८४८४ मतान्तरले अगाडि

      धरानको मेयरमा स्वतन्त्र उमेदवार साम्पाङ विजयी

      सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

      ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

      पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

      नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

      ‘तिम्रै नाम होस’मा राजेश पायल र केकीको रोमान्स ( भिडियो

      विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

      मतगणना नसकिँदै धरानको मेयर लौरोको जित निश्चित

    होमपेज / समाचार

    अन्तर्राष्ट्रियकरण हुँदै नेपाली खाना: प्रधानमन्त्री ओलीले विधिवत उद्घाटन गर्ने तयारी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ चैत्र २६, सोमबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    कृष्ण अधिकारी/काठमाडौँ, चैत्र २६ ।  विश्वव्यापीकरणसँगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै विश्वभर प्रचारप्रसार गराउने उद्देश्यले नेपाली खानाको विश्वव्यापीकरण गर्ने राष्ट्रिय अभियान’ शुरु भएको छ । नेपालका स्थानीय रैथाने खानाको परिकारलाई अन्तर्राष्ट्रियकरण गरी पर्यटक आकर्षण गर्ने उद्देश्यले अभियान शुरु गरिएको हो ।

    होटल एशोसिएसन अफ नेपाल (हान) को संयोजनमा रेस्टुरेन्ट एण्ड बार एशोसिएशन अफ नेपाल र सेफ्स एशोसिएशन अफ नेपालले नेपाली मौलिक खानाको प्रवद्र्धनात्मक अभियान शुरु गरेका हुन् । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको मुख्य अग्रसरतामा थालिएको यो अभियानले अन्तर्राष्ट्रिय जगत्मा नयाँ पहिचान स्थापित गर्ने विश्वास गरिएको छ ।

    नेपाली पर्यटन र नेपाली मौलिक परिकारबीच गहिरो सम्बन्ध रहिआएको छ । कुनै पनि देशको पर्यटन प्रवद्र्धनका लागि त्यस देशको मौलिक खाना, रहनसहन र वेशभूषासँग प्रत्यक्ष सम्बन्ध राख्दछ । भारत, थाइल्याण्ड, भियतनाम, स्पेन, कम्बोडिया, इटालीलगायत विश्वका थुप्रै देशले आफ्ना देशका खानाका विभिन्न परिकारहरुबाट पर्यटक आकर्षित गर्ने गरेका छन् । नेपालमा पनि जातजातिको संस्कृतिअनुसारका परिकारलाई पर्यटनसँग जोडेर बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउन सकिने अभियानका सोचकर्ता कर्ण शाक्य बताउँछन् ।

    नेपाल भ्रमणमा आउने पर्यटकहरु गाउँगाउँमा घुम्न, विभिन्न जातजातिका संस्कृतिसँग रमाउन र उनीहरुका मौलिक खानेकुरा खान रुचाउने गर्दछन् । नेपाल भ्रमण गरी स्वदेश फर्किएका विदेशी पर्यटकहरुले नेपाली खाना र संस्कृतिलाई विश्वभर प्रचार गरेको पाइन्छ । खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिन्छ ।

    विश्व भ्रमणमा निस्कने पर्यटकमध्ये ३० देखि ३५ प्रतिशत विभिन्न देशका खानाको स्वाद लिनकै लागि ती देशहरुको भ्रमण गर्दछन् । हिजोआज पर्यटनको माध्यमबाट देश विकास गर्न खोजेका देशहरुले मौलिक खानाको प्रवद्र्धनमा जोड दिएका छन् । इटालियन, इन्डियन, चाइनिज, कोरियन खाना परिकार भएजस्तै अब नेपालका पनि २६ वटा परिकार अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न लागिएको छ ।

    भारतमा सन् १९६० ताका तत्कालीन पर्यटनमन्त्री करण सिँहले भारतीय खानाको प्रवद्र्धन गर्ने उद्देश्यले जेट विमानमा खाना राखी युरोप, अमेरिकामा लगेर प्रचार गराएका थिए । नेपालले पनि अन्तर्राष्ट्रिय समुदायमा नेपाली मौलिक खानाको प्रवद्र्धनबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न सक्ने सम्भावना प्रशस्त रहेको छ । नेपाल आउने पर्यटकको ३५ देखि ४० प्रतिशत खर्च खानामा हुने गरेकाले यसतर्फ विशेष ध्यान दिनु आवश्यक देखिन्छ ।

    नेपाली खाना र संस्कृति विश्वभर फैलिएको सन्दर्भमा नेपाली मौलिक खानालाई विश्वव्यापीकरण गरी बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न अभियान शुरु गरिएको हानका महासचिव विनायक शाहले बताए । थाइल्यान्ड, इटाली, भियतनाम जस्ता मुलुकहरुमा पर्यटकहरु त्यहाँ परिकार खानैका लागि करोडौंको संख्यामा जाने गरेका छन् ।

    नेपालको परिकारलाई पनि प्रवद्र्धन गर्न सके नयाँ ‘प्रडक्ट’को समेत शुरुवात हुने शाहको विश्वास छ । नेपाली परिकारका खानामा खर्च गराउन सके नेपालको प्रवद्र्धनमा थप सहज हुने देखिन्छ । ‘खानाले प्रवद्र्धन र नेपाली खानाप्रतिको विश्वास विश्वभर जाने छ जसबाट नेपाली पर्यटनमा नयाँ आयाम थपिन्छ,’ महासचिव शाहले भने ।

    नेपालीले विश्व बजारमा होटल र रेस्टुराँ सञ्चालन गरेका तर, ती ठाउँमा इण्डियन, इटालियन, चाइनिजलगायत खानाको बिक्री गरिरहेकाले नेपालीले आफ्नै मौलिक खानाको परिकार पस्केर नेपाली पहिचान झल्काउन यो अभियान निकै महत्वपूर्ण मानिएको छ ।

    नेपाली ग्यास्ट्रोनोमी लोकल्ली एण्ड ग्लोबल्ली क्याम्पेनका अभियन्ता सुरेशचन्द्र बस्नेतले आगामी मे महिनासम्म देशका प्रमुख शहरहरु र त्यसपछि विश्वका अन्य देशहरुमा नेपाली खानाको प्रवद्र्धनको अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।

    सरकारले होटलको अनुमतिपत्र दिँदा त्यसमा नेपाली रेस्टुराँ पनि भएको हुनुपर्ने प्रावधान राख्नुपर्ने होटल व्यवसायी महासचिव शाहको सुझाव छ । थाइल्याण्डले विश्वका कुनैपनि देशमा थाइल्याण्डको खाना खुवाउने रेस्टुराँ स्थापना गरेमा आर्थिक अनुदान तथा प्राविधिक सहयोग पुर्र्याएजस्तै नेपाल सरकारले पनि विभिन्न देशमा रहेका नेपाली रेस्टुराँहरुमा नेपाली रैथाने खाना राख्न प्रेरित गराउन शुरु शुरुमा प्रोत्साहत गर्नुपर्ने उनी बताउँछन् ।

    विश्वभर नेपालीहरुले नेपाली रेष्टुराँ सञ्चालन गर्दै आएको भए पनि दाल, भात र रोटीलाई नै नेपाली खान भन्नु पर्ने बाध्यता रहेको थियो । अब ती रेस्टुराँमा नेपाली मौलिक २६ खानाका परिकारहरु पाउन सकिनेछ । यसमा पाँचवटा सुपमा पञ्च क्वाः (आलु, तामा र बोडी), सिस्नोको झोल, फाँडो, क्वाटी र ज्वानोको झोल रहेका छन् । यसैगरी, स्न्याक्समा चुकौ, करेसावारी, चुक शखर खन्ड र साँधेको आलु रहेका छन् ।

    मुख्य खानामा जोगी भात, सेकुवा, मनाः छोय्ला, हाकु छोय्ला, कुखुरा साँधेको, बँदेल उसिनेको, ढुंग्रे, वो (बारा), चटाँमरी, पकुवा, फुलौरा रहेका छन् । डेजर्ट आइटममा योमरी, दहीफल, सिकर्नी (दही र दालचिनी) राखिएको छ । ती परिकारको क्यालोरी परीक्षणका लागि सरकारको खाद्य प्रयोगशालामा पठाइएको छ । मेन कोर्स, एपेटाइजर, डेजर्ट गरी विभिन्न भागमा बाँडिएको खानामा चाहिने मसला तथा सामग्रीहरु जुनसुकै देशमा पनि उपलब्ध हुने भएकाले अन्तर्राष्ट्रिय होटलमा यी परिकार बनाउन सकिन्छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते नेपाली खानालाई औपचारिकरुपमा उद्घाटन गरी अन्तर्राष्ट्रियकरण गर्नुहुने कार्यक्रम छ । त्यसपछि ती मौलिक नेपाली खानालाई विदेशस्थित नियोगहरु, गैरआवासीय नेपाली संघ, युनेस्कोलगायत सरोकारवाला संघसंस्थाको सहकार्यमा अन्तर्राष्ट्रियस्तरमा निरन्तर प्रचारप्रसार र प्रर्वद्धन गरिनेछ ।

    हाल ८० देशमा रहेका गैरआवासीय नेपालीमध्ये ९० प्रतिशत नेपाली होटल व्यवसायमा आवद्ध छन् । रेष्टुराँको नाम नेपाली भए पनि त्यहाँ नान, टिक्का, तन्दुरी लगायतका भारतीय परिकारको बाहुल्यता छ । नेपाल पर्यटन बोर्डको ’एक्सपेरियन्स नेपाल’ अभियानअन्तर्गत अस्ट्रेलिया, अमेरिकालगायतका विभिन्न देशमा रैथाने नेपाली खानाको प्रदर्शन अभियान सञ्चालन गरिएको थियो । अभियानलाई आफ्नो अभियानका रुपमा लिँदै बोर्डले ‘एक्सपेरियन्स नेपाल अभियान’ यसअघि नै घोषणा गरी नेपाल भ्रमण वर्ष यूरोप २०१७ का संयोजकसमेत रहेका दीपेश शाक्यलाई अभियानको संयोजक तोकेको छ ।

    यसअघि सन् २०१७ मा घोषणा गरिएको भिजिट ‘नेपाल इन युरोप’का संयोजक रहेका शाक्य नेपाली खानाका परिकारमार्फत नेपाली पर्यटनको प्रवद्र्धन हुने कुरामा विश्वस्त छन् । नेपाली स्वादलाई विश्वभर रहेको रेष्टुराँमा नेपाली परिकारको रुपमा राख्न सकिएमा त्यसले नेपालको आफैं प्रचार हुने उनी बताउँछन् ।

    सन् २०२० मा हुने भिजिट नेपालको पूर्व तयारीका रुपमा हेरिएको यो अभियान सन् २०१८ र २०१९ सम्म जारी रहने नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले बताए । सन् २०१७ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अहिलेसम्मकै उच्च १० लाख पुगेको छ । अबको दुई वर्षभित्र वार्षिक २० लाख पर्यटक र १२ वर्षभित्र ३० लाख विदेशीलाई नेपाल भ्रमण गराउने लक्ष्य सरकारले राखेको छ । रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

    पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

    निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

    नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

    छिन्नमस्तामा २५ वर्षीय चौधरी निर्वाचित

    धनुषामा काँग्रेसको वर्चश्व

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

    पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

    निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

    नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

    पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

    नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

    विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    टीकापुर–५मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानलै विजय

    भरतपुरमा रेणुले बढाइन मतान्तर

    चितवनको २ वटा वडामा एमालेको प्यानलै विजयी

    दीपकराज गिरीको व्यङ्ग्य– ‘एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्’

    मध्यपुर थिमि २ मा पनि कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

    पोखरा महानगरमा गठबन्धनको अग्रता

    डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

    आर्थिक

    आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित

    सुनको भाउ बढ्यो, तोलाको कति ?

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑