सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एसएस राजमौली द्धारा निर्देशित ‘बाहुबली २’ को कथाबस्तु अझै पनि दर्शकहरुको मनमष्तिष्क बाट हट्न सकेको छैन। ग्राफिक्स, गित, संवाद तथा निर्देशनका मामलामा अहिले सम्म ‘बाहुबली २’ जस्तो फिल्म बन्न सकेको छैन । अब राजमौलीले दर्शकहरु माझ ‘बाहुबली ३’ ल्याउने तयारी गरिरहेका छन।
हो राजमौैली एउटा ठुलै सरप्राइज लिएर आउदैछन। ‘बाहुबली’ को एनिमेटेड सिरीज बाहुबलीः ‘द लास्ट लीजेण्ड’ को दोस्रा भाग को अमेजन प्राइम भिडियो मा रिलिज गरिएको छ। यो नयाँ सिजनमा ‘बाहुबली’ को पछाडी छुटेको हरेक भूमिका को बारेमा कथा बस्तु बन्ने छ ।
यस श्रृंखलामा कटप्पा, बाहुबली, भल्लालदेव सँगै हरेक पात्रको जीवन कथा विस्तृत रुपमा देखाइनेछ। त्यससँगै केहि नयाँ कथा र लडाईहरु सीजन २ मा पनि समावेश गरिएको छ। दर्शकहरुको लागि भने यो कथा पूर्णतया नयाँ हुनेछ।
यस श्रृंखलाको नयाँ सीजनको सन्दर्भमा राजामौलीले भने ‘जब हामी बाहुबली र भल्लालदेवलाई हेर्छौ, उनिहरुको जीवनको सानो झलक देख्न सकिन्छ। ठूलो फिल्ममा भने उनिहरुको बारेमा बृस्तीत रुपमै जानकारी मिल्नेछ’।
‘बाहुबली’ रिलीज भइसकेपछि यसका बारेमा कयौ धाराबाहिक भिडियोहरु पनि बने। सुरुमा त देवसेनाका बारेमा धेरै धाराबाहिक भिडियोहरु आए तर त्यसलाई दर्शकहरुले खासै मनपराएनन।
उक्त शो मा दक्षिण भारतकी अभिनेत्री कार्तिका नायरले प्रमुख भुमिका निर्वाह गरेकी थिइन।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा