सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, फाल्गुन १ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू फेरी प्रधानमन्त्री बन्ने दावी गरेका छन् । अध्यक्ष दाहालले आफू ढिलोछिटो प्रधानमन्त्री बन्ने प्रतिक्रिया दिएका हुन ।
मंगलबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आलोपालो प्रधानमन्त्री हुने एमाले र माओवादी केन्द्रको सहमतितर्फ संकेत गर्दै ढिलोछिटो आफू सरकार प्रमुख हुने बताए ।
उनले देश गरिब भएका कारण आफूले नोबेल शान्ति पुरस्कार पाउन नपाएको पनि बताए । निकै ठूलो द्धन्द्धलाई शान्ति सम्झौताद्धारा टुंगो लगाउँदा पनि शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र आफूलाई गरिब देशका भएकाले पश्चिमाहरुले त्यति धेरै महत्व नदिएको उनको भनाई थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा