सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फागुन १ । सन् २०५० सम्ममा सूर्यको तापक्रम अप्रत्याशित रुपले घट्ने एक नयाँ अध्ययनबाट जारी प्रतिवेदनले देखाएको छ। क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरुले सौर्य चक्रकाबारेमा अध्ययन गर्दा यस्तो तथ्य भेटिएको जारी प्रतिवेदनमा बताइएको हो। उनीहरुले त्यतिबेला सम्ममा सूर्यको तापक्रम सात प्रतिशतसम्म घट्नसक्ने विश्वास व्यक्त गरेका छन्।
सूर्यको तापक्रम घटेपछि पृथ्वीमा पर्ने तापक्रम पनि कम हुने भएको छ। तर चिसो हुनेक्रम संसारभर एकैनासको भने नहुने अध्ययनले देखाएको छ। विश्व तापक्रममा यस्तो घटनाक्रम भइरहने उनीहरुको भनाइ छ। वैज्ञानिकहरुले पत्ता लगाएको यो तथ्य सिकागोको एउटा जर्नलमा प्रकाशित भएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा