सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
डोटी, फागुन १ । सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबारदेखि सुरु भएको हिमपातका कारण विद्युत सेवा अवरुद्ध भएको छ ।
अत्तरीया–दीपायल जोड्ने ११ सय केभीको विद्युत प्रसारण लाइनमा हिमपात तथा वर्षादले खराबी आएपछि गएरातिदेखि डडेल्धुरा, बैतडी, आछाम तथा डोटीमा विद्युत सेवा बन्द भएको छ ।
डोटीको दीपायलस्थित ११ सय केभी विद्युत प्रसारण केन्द्रका स्टेशन प्रमुख भोजबहादुर स्वाँरका अनुसार डडेल्धुराको हगुल्टे क्षेत्रमा भएको हिमपातले विद्युत लाइनमा खराबी हुँदा सेवा बन्द भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा