सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ २८। विश्वकै होचो व्यक्तिका रुपमा गिनिज बुकमा नाम लेखाउन सफल खगेन्द्र थापामगरलाई आज सम्मान गरिएको छ । नेपाल–भारत आदिवासी जनजाति संघले आज आयोजना गरेको कार्यक्रममा उनलाई राई स्कूलका प्रमुख कृपी पाण्डेले सम्मान गर्दैे अन्तर्राष्ट्रिय स्तरमा पनि नेपालको पहिचान गराउन खगेन्द्र सफल हुनुभएकाले राज्यले उनको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिइन् ।
संघका अध्यक्ष विनोद गुरुङले आर्थिक रुपमा निकै कमजोर खगेन्द्रलाई सबैले सहयोग र सम्मान गर्नुपर्ने बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा