सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, माघ २६। सहमति नभएपछि नेकपा एमाले प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म डोरमणि पौडेल मकवानपुरले उम्मेदवारी दर्ता गरेका छन् भने पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौँले उम्मेदवारी दिने तयारी गरेका छन् ।
यसअघि चर्चामा रहेका राजेन्द्र पाण्डेले उम्मेदवारी नदिने बुझिएको छ । दलको नेता प्रदेशको मुख्यमन्त्री हुने भएकाले यो प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
मनोनयनपछि दिउँसो १२ः३० पछि निर्वाचन हुने सो पार्टीका पोलिटब्यूरो सदस्य एवं प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा