सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
माघ २४ । एन आई सी एशिया बैंकले सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिंदा फागुन ११ बाट अनिवार्य रुपमा सी-आस्वा सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएकोमा उक्त प्रणाली मार्फत आवेदन दिंदा सी-आस्वा रजिष्ट्रेशन नम्बर अनिवार्य भएकोले ग्राहक महानुभावहरुलाई समयमै सी-आस्वा रजिष्ट्रेशन नम्बर प्रदान गर्ने उद्वेश्यले बैंकले मंगलबारबाट उक्त सेवा सञ्चालनमा ल्याएको छ ।
अब यस बैंकका ग्राहक महानुभावहरुले बैंकको मुलुकभर फैलिएको १६८ वटै शाखाहरुबाट सहज रुपमा सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई सी-आस्वा प्रणाली मार्फत धितोपत्र खरिद गर्न आवेदन दिन सक्नेछन् ।
यो सेवा सञ्चालनमा आएसँगै ग्राहक महानुभाबहरुले बैंकबाट सी-आस्वा रजिष्ट्रेशन नम्बर लिई मेरो सेयर मार्फत आफै अनलाइन आवेदन दिन सक्नेछन् । यसैगरि अनलाइन आवेदन दिन नसक्नु हुने लगानीकर्ताको हकमा बैंकको कुनैपनि शाखामा गई सी-आस्वा फारम भरि आवेदन बराबरको रकम आफ्नो बैंक खातामा रोक्का राखि सहज रुपमा यस प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा