सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, माघ ८ । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा मंसिर २१ गते भएको प्रतिनिधिसभा चुनावमा कैलाली ५ बाट उम्मेदवार बन्नुभएको थियो । तर उहाँ एमालेका नारदमुनी रानासँग झण्डै ५ हजार मतले हार्नुभएको थियो ।
नेपाली कांग्रेसबाट प्रदेशसभामा चुनिएका महिला सांसदले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाउनु पर्ने माग गरेका छन् ।
महिला सांसदले सोमबार विज्ञप्ति मार्फत नेपाली कांग्रेसको केन्द्रीय समितिसँग राणालाई उम्मेदवार बनाउन माग गरेका हुन् । राणाको प्रतिनिधित्व राष्ट्रियसभामा भए प्रदेशका महिलाको आवाज केन्द्रसम्म पुर्याउन सजिलो हुने उनीहरुले बताएका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा