सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ, माघ ४ । जिल्ला प्रहरी कार्यालय तनहुँको हाताभित्र एक करोड ५५ लाखको लागतमा महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन निर्माण गरिएको छ । अपाङ्ग मैत्री र्याम्प सहितको सुविधा सम्पन्न भवन एशियाली विकास बैंक (एडिबी)को सहयोगमा बनेको हो । तीनतले उक्त भवनभित्र एक दर्जनभन्दा बढी सुविधा सम्पन्न कोठा छन् ।
तनहुँको महिला प्रहरी सेवा केन्द्रको सुविधा सम्पन्न भवन एक करोड ५५ लाखमा सम्पन्न भएको खानी निर्माण सेवाका प्रोप्राइटर मोहम्मद नजरुनले बताए । भवनमा महिला थुनुवालाई समेत राख्न सकिने बताइएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँकी प्रहरी निरीक्षक कृष्ण बस्याललाई उक्त भवनको चाबी हस्तान्तरण गरी सकिएको छ ।
महिला तथा बालबालिकासम्बन्धी परेका गुनासाको सुनुवाइ गरी त्यसको समाधान खोजिने तथा दर्ता भएका मुद्दाहरुको छिनोफानो गर्ने काम सो केन्द्रले गर्नेछ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा