सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठाण्डौ, पुस ३ । एन आई सी एशिया बैंकले भाइबर बैकिङ्ग सेवा संञ्चालनमा ल्याएको छ । बैकले सेवालाई थप प्रविधीमुलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको हो । भाइबर बैकिङ्ग सेवा ग्राहक महानुभावहरुले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट प्रयोग गर्न सक्नेछन् ।
भाईबर बैकिङ्ग सुबिधा लिनको लागि भाइबर एप्लिकेशन मार्फत एन आई सी एशिया बैंकको पब्लिक खातालाई सब्सक्राइब गरी यस बाट आवश्यक जानकारी लिन सकिनेछ । भाइबर बैकिङ्ग सेवा मार्फत ग्राहकहरुले एन आई सी एशिया बैंकको शाखा कार्यालयहरु तथा एटिएम संञ्जालहरु बारे जानकारी, लोन इलिजिविलिटि चेकिङ, अनलाइन खाता खोल्न, बैकिङ्ग समय सम्बन्धि जानकारी, बिदेशी बिनिमयदर सम्बन्धि जानकारी, ब्याजदर सम्बन्धि जानकारी एवं बैंक सम्बन्धि अन्य आवश्यक जानकारी सजिलै प्राप्त गर्न सकिनेछ ।
एन आई सी एशिया बैंकको मोबाइल बैकिङ्ग सेवामा रजिष्टर भएको ग्राहकहरुले भाइबर बैकिङ्ग सेवा मार्फत आफ्नो खाताको सम्पूर्ण जानकारी सजिलै प्राप्त गर्न सक्नेछन् ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालयहरु, १४१ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा