सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, पुस २६ । बुधबार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कारमा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले हालैको निर्वाचनमा लज्जास्पद पराजय ब्यहोरेकोले जनताले आफ्नो पार्टीलाई सदनमा नभई सडकमा हेर्न चाहेको बताएका छन् । आफ्नो पार्टीको बिउमात्र जोगिएको भन्दै अब सडक केन्द्रीत आन्दोलन सुरु गर्ने बताए । साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले पार्टी टुक्र्याएर गएका पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई र्फकन अनुरोध गरे ।
‘म पशुपतिजी र लोहनीजीलाई भन्छु, जुन विन्दुबाट विभाजन गरेर जानुभयो, त्यही विन्दुमा आएर एकता गरौं।’ थापाले भने उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष थापाले मुलुक अब नयाँ सरकार गठनको ट्रयाकमा हिँडेकोले वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने स्पष्ट पारेका छन् ।
मन्त्री थापाले चुनाव सम्पन्न हुनेवित्तिकै सरकार गठन हुनुपर्ने बेलामा प्रमुख दलका शीर्ष नेताहरुले संविधान बनाउँदा गम्भीर भुल गरेकोले अहिले संवैधानिक जटिलताहरु उत्पन्न भएको बताए ।
अध्यक्ष थापाले भोलि पौष २७ गते राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउनको लागि सम्पूर्ण देशवासीलाई आग्रह समेत गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा