सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ , मंसिर २१ । निर्वाचन आयोगले आज मतदान भएका अधिकांश जिल्लाको मतगणना शुक्रबारबाट मात्र सुरु हुने जनाएको छ । मंसिर १० गते पहिलो चरणको मतगणना भने आजै साँझबाट मतगणना सुरु हुने छ । आयोगका अनुसार निर्वाचन क्षेत्रका सबै मतपेटिका गणनास्थलमा आइसकेमा र राजनीतिक सहमति जुटेमा भने आजै मतगणना सुरु हुनेछ ।
आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘आज मतदान भएका ठाउँको मतपेटिकाहरु गणना सेन्टरमा आइसकेपछि मात्रै गणना सुरु हुन्छ ।’ आयोगले यसपटक प्रत्यक्षतर्फको ४ दिनभित्र र समानुपातिकको मतगणना आठ दिनभित्र सक्ने लक्ष्य लिएको छ । यसका लागि प्राविधिक र व्यवस्थापकीय तयारी गरिएको तर राजनीतिक सहमति र सहयोग आवश्यक पर्ने प्रवक्ता ढकालले बताए ।
आयोगले गणनाका क्रममा मतदाताहरुको मतको सुरक्षा गर्ने सम्पूर्ण जिम्मेवारी मुख्य निर्वाचन अधिकृतको रहेको बताएको छ । अधिकांश गणनास्थलमा सीसीटिभी राख्नुका साथै तारजालीले बारिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा