सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कार्तिक ३०। बलिउडका चर्चित निर्देशक एवं ‘पद्मावती’ का निर्देशक संजय लीला भंसालीको टाउकोको मूल्य तोकिएको छ । उनको टाउको काटेर ल्याउनेलाई ५ करोड भारु इनाम दिने घोषणा गरिएको छ । फिल्म ‘पद्मावती’ विवादित बनेसँगै निर्देशक भंसालीलाई यस्तो चेतावनी आएको हो ।
उत्तरप्रदेशको मेरठका एक राजपुत नेताले संजय लीला भंसालीको टाउको काटेर ल्याउनेलाई ५ करोड भारु इनाम दिइनेछ घोषणा गरेका छन् ।
फिल्ममा आक्रमण गर्ने अलाउद्दीन खिलजीको अपमान गरिएको बताइएको छ । उनका गलत कामलाई बढाइचढाइ गरेर फिल्ममा देखाइएको आरोप लगाइएको छ ।
फिल्ममा पद्मिनी र खिलजीका बीचको इन्टिमेट दृश्यहरू छायांकन गरेर उनीहरूको भावनामा ठेस पु–याइएको बताइएको छ । फिल्ममा रानी पद्मिनी र खिलजीको ‘ड्रिम सिक्वेन्स’ समेत राखिएको छ र यसमा ‘घुमर नृत्य’ समावेश गरिएको छ । यो कुरालाई लिएर पनि विरोध भइरहेको छ । घुमर नृत्य पुरुषको अगाडि नगरिने भए पनि फिल्ममा यस्तै दृश्य राखेर राजपुत समाजको गलत छवी देखाइएको आरोप लगाइएको छ ।
मुम्बईमा निर्देशक सञ्जय लीला भन्सालीको कार्यालय र घरमा प्रहरीले सुरक्षा दिइरहेको छ । भन्सालीका लागि सशस्त्र गार्डको पनि व्यवस्था गरिएको छ ।
पद्मावतीमा फिल्ममा रणवीर सिंह ‘खिलजी’ दिपीका पादुकोण ‘रानी पद्मावती’ र शाहिद कपुर ‘राजा रावल रतन सिंह’को भूमिकामा छन् ।
फिल्म डिसेम्बर १ मा रिलिज हुदै छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा