सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, कार्तिक २९ । एनआईबिएल क्यापिटलले दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आज एक कार्यक्रमका विच उपत्यकाभित्र लगनखेलमा तथा उपत्यका बाहिर चिप्लेढुङ्गा पोखरामा शाखा सञ्चालनमा ल्याएको हो । लगनखेल शाखाको समुद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले गनु भएको हो ।
नेपाल इन्भेष्टमेन्ट बैक लि. को सहायक कम्पनीको रुपमा रहेको एनआईबिएल क्यापिटलले सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवा दिने उदेश्यका साथ पहिलो चरणमा दुई शाखा विस्तार गरेको हो भने निकट भविष्यमा थप शाखाहरु विस्तार गर्ने योजना रहेको बताएको छ ।
एनआईविएल क्यापिटलले मर्चेन्ट बैकिङ्ग अन्तर्गत शेयर निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, धितोपत्रको प्रत्याभुति सेवा लगायत सामुहिक लगानीकोष, निक्षेप सदस्य तथा लगानी व्यवस्थापनको सेवाहरु प्रदान गर्दै आइरहेको छ भने निकट भविष्यमा नै परामर्श सेवाहरु समेत संचालनमा ल्याउने भएको छ ।
हाल यस क्यापिटलले बैंक/वित्तीय संस्था, बीमाकम्पनी, जलविद्युत कम्पनी तथा होटल गरी जम्मा ३१ वटा कम्पनीहरुको शेयर रजिष्ट्रेशन सम्बन्धी कार्य गर्दै आइरहेको छ ।
नेपाल इन्भेष्टमेण्ट बैंक ले एस डेभलपमेण्ट बैंकलाई प्राप्ति (एक्वायर) गरेसँगै सहायक कम्पनिको रुपमा रहेको एस डेभलपमेण्ट बैकको एस क्यापिटल लि। लाई पनि एनआईबिएल क्यापिटलले कार्तिक २३ गते प्राप्ति ९एक्वायर० गरेको थियो। प्राप्तिसँगै एनआईबिएल क्यापिटलको चुक्तापुजी २७ करोड पुगेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा