सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, कार्तिक २८ । सरकारले ठेकेदार कम्पनी गेजुवासँगको टेन्डर रद्द गरेपछि अन्योलमा परेको बुढीगण्डकी जलविद्युत आयोजना निर्माण चाँडै सुरु हुने उपप्रधानमन्त्री र ऊर्जामन्त्री कमल थापाले बताएका छन् । प्रचण्ड सरकारले विना प्रतिस्पर्धा आयोजना निर्माणका लागि ठेक्का दिएपछि देखिँदै आएको विवादमा सोमबारको मन्त्रिपरिषद् बैठकले रद्द गर्ने निर्णय गरेपछि यसबारे चौतर्फी आलोचना र स्वागत दुवै भएको छ ।
विना प्रतिस्पर्धा ठेक्का दिइएकाले अब ग्लोबल टेन्डर आह्वान गरी निर्माण सुरु हुने ऊर्जामन्त्री थापाको भनाइ छ । उनले मंगलबार ट्विटमार्फत संसदीय समितिको निर्देशनअनुसार बुढीगण्डकी जलविद्युत आयोजनासम्बन्धी विवादास्पद सम्झौता खारेज भएको जानकारी दिँदै केही दिनभित्रै राष्ट्रिय गौरवको यो आयोजना यथसम्भव चाँडो निर्माण सम्पन्न गर्नेगरी नीति, कार्यविधि र योजना सार्वजनिक गरिने उल्लेख गरेका छन् ।
९ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अपग्रेड गरी १२ सय मेगावाटसम्म पुर्याइने भएको छ । आयोजना गोरखा जिल्लामा बन्दैछ । त्यसका लागि सरकारले जग्गा अधिग्रहणको कामसमेत सुरु गरिसकेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका पालामा ऊर्जामन्त्री जानर्दन शर्माले करिब चार अर्ब कमिसन लिएर विना प्रतिस्पर्धा कालोसूचीमा परेको गेजुवालाई निर्माणको ठेक्का दिएको भन्दै संसदीय समितिले ठेक्का सम्झौता रद्द गर्न निर्देशन दिएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा