सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, कात्तिक २४ । नाजिर हुसेन र केकी अधिकारी मुख्य भूमिकामा रहेको चलचित्र ‘रज्जा रानी’ को पहिलो गीत सार्वजनिक भएको छ। चलचित्रमा समावेश ‘चिपक चिपक चिप्केको राजा जीको तस्विर दीलको भित्तामा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। सार्वजनिक गीतमा नरहरी प्रेमी र सुमिनाको आवाज रहेको छ। गीतमा राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीत रहेको छ।
यम थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र पौष २८ गतेबाट रिलिज हुदैछ। रमेश एमके पौडेलको निर्माणमा तयार भएको चलचित्रमा नाजिर र केकिको साथमा कामेश्वर चौरासिया, लक्ष्मी वर्देवा, संगीता नापित, दिपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ।
भिडियो :
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा