• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै, एमाले दोस्रो

      धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले विजय

      सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

      झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

      जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्रकाे अग्रता कायमै

      बाजुरा निर्वाचन अपडेट : कांग्रेसका गिरीको अग्रता कायमै

      आजको मौसम : पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

      रुकुम पूर्वबाट प्रचण्ड विजयी

      बालेनले कटाए १३ हजार भन्दा बढी मत

      मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, मतगणनास्थल बाहिर समर्थकहरूको भीड

      सिरहा क्षेत्र नम्बर ४ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नम्बर ३ मा रास्वपाको अग्रता

      सिरहा क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार शिव यादव अग्रस्थानमा

      मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि

      काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    होमपेज /  राजनीती

    नजिकिदै गरेको निर्वाचनमा बाजुराबाट काँग्रेस–वाम गठबन्धनको कडा प्रतिस्पर्धा हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ कार्तिक ७, मंगलबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५९ पटक पढिएको
  • बाजुरा, कात्तिक ७। दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा बाजुराका नौ तहमा छ स्थानीय तह जितेको नेपाली काँग्रेस र तीन तह जितेको नेकपा (एमाले)बीच आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कडा प्रतिस्पर्धा हुने भएको छ । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरगर्मी बढ्न थालेपछि संयुक्त वाम गठबन्धन र नेपाली काँग्रेसको कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रतिनिधिसभामा नेपाली काँग्रेसले पार्टी सभापति कविराज पण्डितलाई अगाडि सारेको छ भने नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) गठबन्धनले एमालेका केन्द्रीय सदस्य लालबहादुर थापालाई प्रतिनिधिसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ ।

    नेपाली काँग्रेसका कविराज पण्डितको नेतृत्वमा चार नगरपालिका र दुई गाउँपालिकाको प्रमुख उपप्रमुखसहित कार्यपालिकाको नेतृत्वसमेत काँग्रेसले गर्दै आएको छ भने तीन गाउँपालिकामा एमालेले नेतृत्व गर्दै आएको छ । संयुक्त वाम गठबन्धनले बाजुराको प्रतिनिधिसभा र प्रदेशसभाको नेतृत्व लिने होडबाजी गर्न थालेको पाइएको छ। स्थानीय सरकारमा रहेको नेपाली काँग्रेसले जनताको काम गर्न नसक्ने भन्दै वाम गठबन्धनको जित अपरिहार्य रहेको एमाले तथा माओवादी केन्द्रका नेताले बताएका छन्।

    जिल्लाको विकास निर्माण कार्य र समृद्ध बाजुरा बनाउनका लागि प्रतिनिधिसभा र प्रदेशसभामा काँग्रेसले जित्न अपरिहार्य रहेको काँग्रेस नेताको भनाइ रहेको छ। काँग्रेसले दुवै क्षेत्रमा र प्रतिनिधिसभामा विजयी भएपछि विकास निर्माणलाई बढी प्राथमिकतामा राख्दै जिल्लामा आर्थिक समुन्नतिमा लैजाने योजना रहेको काँग्रेसले बताएको छ। नेपाली काँग्रेसलाई छ स्थानीय तह र जिल्ला समन्वय समिति जितेको गर्व छ । त्यही गर्व तोड्नका लागि वाम गठबन्धन कडारुपमा चुनावी मैदानमा उत्रन लागेको छ । तीनै पार्टीका बैठकले चुनावी रणनीति तय गर्न थालेको एक स्रोतको दाबी रहेको छ ।

    आगामी मंसिर १० गते हुने प्रतिनिधिसभामा नेपाली काँग्रेस वाम गठबन्धनसँग एक्लै लड्ने भएको छ। प्रतिनिधिसभाका लागि बाजुरामा नेकपा माओवादी केन्द्र) कमजोर भएका कारण एमालेका नेतालाई प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बनाइएको छ। माओवादी केन्द्रका समर्थक रहेर उम्मेदवारी दर्ता गराइएको छ। नेपाली काँग्रेसले प्रदेशसभाका लागि निर्वाचन क्षेत्र १ (क) मा पूर्व भूमिसुधार सहायकमन्त्री जनकराज गिरीलाई उम्मेदवार बनाएको छ भने एमाले र माओवादी केन्द्रले एमाले पार्टी सचिव बलदेव रेग्मीलाई उम्मेदवार बनाएको छ ।

    यस्तै, निर्वाचन क्षेत्र २ (ख) मा नेपाली काँग्रेसले महासमिति सदस्य पदमबहादुर शाहीलाई प्रदेशसभाको प्रत्यक्षतर्फको उम्मेदवार बनाएको छ भने संयुक्त वाम गठबन्धनले एमाले वैकल्पिक केन्द्रीय सदस्य प्रकाशबहादुर शाहलाई माओवादी केन्द्रको समर्थनमा उम्मेदवार बनाई मनोनयन दर्ता गराएको छ । प्रतिनिधिसभाका लागि नेपाली काँग्रेस र संयुक्त वाम गठबन्धनका दुवै उम्मेदवार बलिया देखिएका छन्। सँगै अधिवक्ता भएका पण्डित र थापा जिल्लामा लोकप्रिय बन्दै गएका छन् । थापा एमालेको जिल्ला अध्यक्ष भएका बेला २०७० सालको संविधानसभाको चुनाव एमालेले जितेको थियो भने पण्डित काँग्रेसको पार्टी सभापति भएपछि नौ स्थानीय तहका छ स्थानीय तहसहित जिल्ला समन्वय समिति जिताएका छन् ।

    प्रदेशसभाका उम्मेदवार निर्वाचन क्षेत्र नं १ मा राम्रै परिचित रहेका जनकराज गिरी र बाम गठबन्धनका रेग्मी तिव्र प्रतिस्पर्धामा रहेका छन् । प्रदेशसभाको निर्वाचन क्षेत्र २ मा पनि शाही र शाह उत्तिकै परिचित छन्। लामो समयदेखि राजनीतिमा लागेका काँग्रेसका उम्मेदवार शाही जनतामाझ लोकप्रिय छन् भने शाह भने मिलनसार र इमान्दार मानिन्छन् । प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली काँग्रेस र संयुक्त वाम गठबन्धन आफ्नो चुनावी रणनीति बनाई कडारुपमा मैदानमा उत्रने देखिएका छन् । रासस

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताले परिवर्तन र विकासका पक्षमा मतदान गरिरहेका छन् : दीपक बहादुर सिंह

    शंकास्पद बस्तुसहित पर्सा–२ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

    मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

    मौन अवधि उल्लङ्घन गरे के कारवाही हुन्छ ?

    धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

    बहुजन पार्टीका वरिष्ठ नेता पासवानसहित सयौँको संख्या कांग्रेसमा प्रवेश

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    मकवानपुर २ मा रास्वपाका उम्मेदवार उप्रेतीको अग्रता कायमै,…

    धनुषा ३ मा रास्पाका मनिष झा भारी मतान्तरले…

    सर्लाही–४ मा रास्वपाका अमरेश सिंहको अग्रता कायम

    झापा–५ मा भारी मतले बालेन अगाडि, ओली दोस्रो

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑