सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजविराज, कात्तिक १। तिहारका लागि घरआँगन लिपपोत गर्न माटो लिन गएकी एक महिलाको ढिस्कोले पुरिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बेल्हीचपेना गाउँपालिका–४ बस्ने ४० वर्षीया हेमनीदेवी यादव रहेकी जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यादव घर नजिकैको गाउँमा माटो लिन गएको अवस्थामा माटोको ढिस्को खस्दा च्यापिएर मंगलबार साँझ उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको बताइएको छ । रासस
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा