सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १९ बैशाख । टी–२० क्रिकेट शृङ्खलाकाे तेस्राे खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय २८ रनकाे लक्ष्य दिएकाे छ ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनायाे ।
जोन्सन चार्ल्सले शतकीय पारी खेले। ६१ बल खेलेका उनले १३ चौका र ७ छक्का प्रहार गर्दै नटआउट १ सय १९ रन जोडे।
यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । फाबियान एलेनले १९, एलिक एथानाजले १७ रन बनाउँदा किमो पोल १३ रनमा अविजित रहे।
नेपालका करण केसी र सागर ढकालले समान १ विकेट लिए ।
आज कप्तान रोहित पौडेलसँगै अन्य तीन खेलाडी टोलीमा समावेश छैनन । कप्तानी दिपेन्द्रसिंह ऐरीले सम्हाल्नेछन् । नेपाली टोलीले चार परिवर्तन गरेको हो ।
नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेलिरहेको हो । यसअघि भएका दुई खेलमध्ये दुवै टिमले एक एक खेल जितेका छन्।
शनिबार सम्पन्न पहिलो खेलमा नेपालले वेष्ट इण्डिजलाई ४ विकेटले पराजित गरेको थियो। आइतबार भएको दोस्रो खेलमा नेपाल वेस्ट इण्डिजँंग १० रनले पराजित भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा