सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असोज ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा अधिनायकवाद लाद्ने कम्युनिष्टहरुको सपना पूरा हुन नदिने उद्घोष गरेका छन् । पार्टीको भातृसंस्था नेपाल विद्यार्थी संघले प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको पूर्वसन्ध्यामा आज आयोजना गरेको ‘राष्ट्रिय रणनीतिक प्रशिक्षण’ कार्यक्रममा उहाँले कम्युनिष्टहरुको अधिनायकवाद लाद्ने सपनालाई साकार हुन नदिने दोहोर्याए । उनले चुनौतीका रुपमा रहेको अधिनायकवादको सामना गरेरै छाड्ने प्रतिबद्धता जनाए । प्रधानमन्त्री देउवाले लोकतन्त्र खतरामा परे देश नै खतरामा पर्ने भन्दै लोकतन्त्रलाई जोगाउन काँग्रेस एकजुट हुनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “कम्युनिष्टहरु प्रजातान्त्रिक पद्दतिबाट जनतालाई झुक्याएर साम्यवाद स्थापना गर्न लागेका छन्, यसप्रति सम्पूर्ण लोकतन्त्रवादी सचेत हुनु जरुरी छ ।”
कार्यक्रममा नेपाली काग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, सूचना तथा सञ्चारमन्त्री एवं काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य डा प्रकाशशरण महत, कृषिमन्त्री एवं पार्टी केन्द्रीय सदस्य रामकृष्ण यादव लगाएतले आ–आफनो मन्तब्य दिनुभएको थियो ।
देशभरबाट भेलामा भाग लिन राजधानी आएका नेवि संघका सयौँ नेता कार्यकर्तालाई काँग्रेस नेता प्रदीप गिरी, महेश आचार्य, धनराज गुरुङ, गगन थापा, प्रदीप पौडेल, विश्वप्रकाश शर्मा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेलगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न तथा मुलुकलाई सही दिशामा गति दिन लोकतान्त्रिक शक्तिलाई विजय गराउनु पर्ने भन्दै कार्यकर्तालाई गाउँ जान समेत प्रधानन्त्रि देउवाले निर्देशन समेत दिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा