सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पर्सा, असोज ७ । पर्साको जिराभवानी गाउँपालिकामा नेकपा एमाले अध्यक्ष र उपाध्यक्ष दुवैमा विजयी भएको छ । अध्यक्षमा एमालेका रामप्रित महतो २ हजार ९ सय ५९ मत ल्याएर विजयी हुनुभयो ।
उहाँका प्रतिस्पर्धी कांग्रेसका महावीरप्रसाद महतोले २ हजार २ सय ८७ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकै उषा चौधरीले २ हजार ५ सय ३८ मत ल्याएर विजयी हुनु भएको छ । कांग्रेसका रेखा चौधरीले २ हजार ३३ मत प्राप्त गर्नुभयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा