सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
संखुवासभा । तुम्लिङटार विमानस्थलबाट काठमाडौँ उड्न तयारीमा रहेको बुद्ध एयरको उडान नं. २८२ को जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रद्द गरिएको छ।
तुम्लिङटार विमानस्थलका प्रमुख नवराज दाहालका अनुसार, दिउँसो १२:१७ बजे तुम्लिङटार अवतरण भएको जहाजको दाहिने पङ्खामा रहेको जेनेरेटरमा प्राविधिक समस्या देखिएको थियो। समस्या देखिएपछि तत्काल उडान रोकिएको र यात्रुहरूलाई अर्को जहाजमार्फत काठमाडौँ पुर्याइएको हो।
प्राविधिक समस्याका कारण तीन बालबालिकासहित ६४ यात्रु र चालक दलका ४ सदस्य विमानस्थलमै तीन घण्टा पर्खनु परेको थियो। उडान रद्द भएपछि अर्को जहाजबाट यात्रुहरूलाई काठमाडौँ पठाइएको छ। मर्मतका लागि प्राविधिक टोली झिकाइएको छ।
तुम्लिङटार विमानस्थल पहाडी जिल्लाहरूका लागि प्रमुख हवाई सेवा केन्द्र हो। संखुवासभा, भोजपुर, र धनकुटाका बासिन्दाहरू यो विमानस्थलबाट सेवा लिन्छन्। धावनमार्गको स्तरोन्नतिपछि बुद्ध एयरको ७२ सिट क्षमताको एटीआर जहाजले दैनिक उडान भर्दै आएको छ।
तुम्लिङटार विमानस्थलबाट विश्वकै पाँचौँ अग्लो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत आयोजना, र पर्यटकीय स्थानहरूमा छोटो दूरीको उडानका कारण यो विमानस्थल निकै व्यस्त रहने गरेको छ।
प्राविधिक समस्याका बाबजुद सुरक्षित उडानलाई प्राथमिकतामा राख्दै बुद्ध एयरले यात्रुहरूको सुरक्षामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा