सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १६ पौष । शेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मंगलबार ३३ दशमलव ०८ अङ्कले घटेर २ हजार ५७६ दशमलव ५० विन्दुमा झरेको छ ।
यसदिन ३०८ वटा कम्पनीको १ करोड ३१ लाख कित्ता शेयर ५ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरे प्रभु बैंकको ३५ करोड ९४ लाखको शेयर किनबेच भयो ।
आज अन्य बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, वित्त, होटल, जलविद्युत्, बीमा, उत्पादन, लघुवित्त, व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सपोर्ट लघुवित्त, जानकी फाइनान्स, पोखरा फाइनान्स र नारायणी विकास बैंकको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन नदीप लघुवित्त र उपकार लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै ४ प्रतिशतले बढेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा