सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२९ जेठ, रोल्पा । रोल्पामा एक ब्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सुवर्णावती गाउँपालिका-१ घोडागाउँका ७४ वर्षीय गणेशबहादुर शाहले ६५ वर्षीया श्रीमती लक्ष्मी शाहको आइतबार राती खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
खुकुरी प्रहारबाट गम्भीर घाइते लक्ष्मीको उपचारका क्रममा सोमबार विहान भैरहवामा मृत्यु भएको प्रहरी चौकी खुग्रीका प्रहरी सहायक निरीक्षक कमल शाहले बताए ।
अभियुक्त गणेशलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मादक पदार्थ सेवन गरेका शाहले घरायसी झगडाका क्रममा खुकुरी प्रहार गरेको प्रहरीले अनुमान गरेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा