सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर रोनाल्डो जुम्ल्याहा सन्तानको बुवा बनेको खबर आएको छ । रोनाल्डो सरोगेट मदरको मार्फत जुम्ल्याहा (एक छोरा र छोरी) को पिता बनेको पोर्चुगिज टेलिभिजन एसआइसीलाई उद्धृत गर्दै डेलिमेलले जनाएको छ ।
सरोगेट मदरमार्फत जन्मिएकी रोनाल्डोको छोरीको नाम इभा र छोराको नामा माटेओ रहेको दाबी गरिएको छ । तर यो खबरको रोनाल्डोले आधिकारिक रुपमा पुष्टि गरेका छैनन् । रोनाल्डो यसअघि सन् २०१० मा पनि सरोगेट मदरको सहयोगमा पिता बनेका थिए । रोनाल्डोका जेठो छोरा क्रिष्टियानो जुनियर अहिले सात वर्षका भए ।
रोनाल्डोका जुम्ल्याहा सन्तान बिहीबार जन्मिएको एसआइसीले जनाएको छ । बेलायतको एक पत्रिकाले गएको मार्चमा रोनाल्डो फेरि पिता बन्न लागेको खबर सार्वजनिक गरेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा