सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २८ —विराटनगर, काठमाडौंमा सरकार र राष्ट्रिय जनता पार्टीबीच वार्ता भइरहेको समयमा राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले अवको मधेस आन्दोलन संविधानको घेरा बाहिर जान सक्ने बताएका छन् ।
उनले भने ‘हाम्रा माग सम्बोधन हुने अवस्था नदेखिए हामी आज दिनभरमा आन्दोलन घोषणा गर्छौं । संविधानको घेराभित्र रहेर गरिएको आन्दोलनको सुनुवाई नभए संविधानको घेराभन्दा बाहिर जाने अवस्था सिर्जना गरिँदैछ ।’
महतोले सरकारले संविधान संशोधनमा सहमति नगरेकाले आजै आन्दोलन घोषणा हुने बताए । विराटनगरमा बिहान गरिएको पत्रकार सम्मेलनमा महतोले आज दिनभर हुने छलफलले टुंगो नलगाए बेलुकीसम्ममा आन्दोलनका कार्यक्रम घोषणा गर्ने बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा