सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२८ जेठ, बुटवल । रुपन्देहीको बुटवलस्थित डि्रमल्याण्ड गोल्ड रिसोर्ट मणिग्रामको स्विमिङ पुलमा डुबेर एक युवकको ज्यान गएको छ । स्विमिङ गर्न गएका तिलोत्तमा नगरपालिका वडानम्बर ४ का १८ वर्षीय अनिष थापाको मृत्यु भएको हो ।
मामाको छोरासँग पौडी खेल्न गएका थापाको ज्यान भएपछि पीडितपक्षले रिसोर्टको प्रशासनको लापर्बाहीका कारणले मृत्यु भएको भन्दै कारबाही र क्षतिपूर्ति माग गरेका छन् । उनीहरुले रिसोर्टमा धर्नासमेत दिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक मधु नेपालले बताए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा