सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
ब्रोकाउलीको सेवनले क्यान्सर लगायतका रोगबाट बचाउने विभिन्न खाले अनुसन्धानले देखाएका थिए। तर पछिल्लो अध्ययनले भने ब्रोकाउली खाँदा मात्र होइन सरीरमा घस्दा समेत क्यान्सरबाट जोगिन सहयोग पुग्ने तथ्य पत्ता लगाएको छ ।
अनुसन्धानका अनुसार शरीरको छालामा ब्रोकाउली घसियो भने घामबाट डढेर हुने छालाको क्यान्सरको खतरा कम हुन्छ ।
अमेरिकाको एरिजोना क्यान्सर सेन्टर र जोन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता स्याली डिकिन्सनका अनुसार ब्रोकाउलीमा सल्फोराफेन भन्ने तत्व हुने भएकाले ब्रोकाउली सरीरमा रगड्दा त्यसले क्यान्सरको जोखिम कम गर्छ ।
सल्फोराफेन नामक रसायनले शरीरमा क्यान्सर कोषको सिर्जना हुने एपी वान नामक प्रतिक्रियालाई कम गर्ने तथा रसायनिक रुपमा शरीरलाई सुरक्षित राख्ने वंशाणुलाई समेत प्रवर्धन गर्ने गर्छ ।
अनुसन्धानकर्ताहरुका अनुसार ब्रोकाउलीमा हुने यो रसायनले छाला डढ्ने जोखिम कम गर्छ र छालामा सुरक्षात्मक इन्जाइमको उत्सर्जनलाई बढावा दिन्छ । विश्वमा छालाको क्यान्सरको जोखिम बढिरहेको र सूर्यको किरण यसको मुख्य कारक तत्व रहेको विज्ञहरुले बताउँदै आएका छन् ।
नोट: “माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा