सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २३ , दमासकस – सिरियाको उत्तरी सहर रक्वामा अमेरिकी आवद्ध सुरक्षा फौजले सोमबार गरेको हवाई आक्रमणमा परी ३० भन्दा बढीको मृत्यु भएको छ । अफरेट्स नदिको दक्षिणी किनाराबाट डुङ्गामा यात्रा गरिरहेका आमनागरिक लक्षित आक्रमण भएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । मुस्लिमहरुको महत्वपूर्ण पर्व रमजानको महिनामा यो आक्रमण भएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युम्यान राइटसले घटनामा २० भन्दा बढीको मृत्यु भएको जनाएको छ । सिरियाको रक्वा गत जुन ३ का दिन पनि यस्तै प्रकारको हवाई आक्रमणमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको सरकारी टेलिभिजनले जनाएको छ । अमेरिकी आवद्ध सेनाले गरेको हवाई आक्रमणमा परी रक्वामा कैयौँ सर्वसाधारणको मृत्यु भइसकेको छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा