सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाले आतङ्क मच्याएको छ । चितुवाले खोटेहाङ गाउँपालिका–१ मा पर्ने लिकुवापोखरीमा अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ । जङ्गलबाट गाउँ पसेको चितुवाले चार दिनअघि एकैपटक स्थानीय टङ्क तिमल्सिनाको तीनवटा खसी मारेको स्थानीय पशु प्राविधिक दिपेश खड्काले जानकारी दिनुभयो । “स्थानीयवासी सनमान खड्काको यसअघि पटक–पटक गरेर १२ वटा खसीबाख्रा मारेको थियो ।” उहाँले भन्नुभयो– “राति खोरमा पसेर र दिउँसो चरनमा गएको समयमा चितुवाले अहिलेसम्म ३० वटाभन्दा बढी खसीबाख्रा मारिसकेको छ ।”
तीन महिनाअघिदेखि गाउँ पसेको चितुवाले दर्जन बढी खसीबाख्रा घाइते बनाएको स्थानीयवासीले बताएका छन् । गाउँमा पसेर चितुवाले धमाधम खसीबाख्रा मार्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । गत वर्ष पनि गाउँमा चितुवा पसेर खसीबाख्रा, गाईगोरु मारेको स्थानीयवासीले बताएका छन् । यस वर्ष पनि सोही बाघ गाउँ पसेको स्थानीयवासीको अनुमान छ । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा