सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं– नेपाल एम्बुलेन्स सर्भिसले आफ्नो सेवा विस्तार गरेको छ । सर्भिसले दक्ष स्वास्थ्यकर्मीहरु सहितको आकस्मिक एम्बुलेन्स सेवा चितवन र पोखरा विस्तार गरेको हो । अहिलेसम्म संस्थाले काठमाडौं उपत्यकाभरी सेवा प्रदान गरि रहेको थियो ।
संस्थाले ११ वटा एम्बुलेन्स मार्फत सेवा प्रदान गरेको छ । आकस्मिक एम्बुलेन्स सेवाका लागि १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स बोलाउन सकिन्छ । सर्भिसले सरकारले तोकेको न्यूनतम शुल्कमा सेवा प्रदान गर्दै आईरहेको जनाएको छ । संस्थाले असार १ गतेदेखि रुपन्देहीको बुटवल र भैरहवामा पनि आकस्मिक एम्बुलेन्स सेवा संचालन गर्ने तयारी गरिरहेको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा