सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , १२ वैशाख। माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले विष्णुकुमारी वाइबा (पारिजात) साहित्यकार मात्र नभएर सामाजिक अभियान्ता र मानव अधिकारका लागि लड्ने एक योद्धा रहेकी बताएकी छिन् ।
बुधबार राष्ट्रिय सभाहल काठमाडौंमा आयोजित ‘मैले चिनेको पारिजात’ नामक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी उपाध्यक्ष भुसालले पारिजातले श्रमजीबी वर्ग र उत्पीडित समूदायको पक्षमा कलम चलाएको बताइन् ।
उनले भनिन्, ‘पारिजात दिदि साहित्यकार त हुनुहुन्थ्यो नै । उहाँ सामाजिक अभियान्ता पनि हुनुहुन्थ्यो, मानव अधिकारका लागि लड्ने एक योद्धा हुनुहुन्थ्यो । मुलभूत रुपमा उहाँ चाँही श्रमजीबि वर्ग र उत्पीडित समूदायको पक्षमा हुनुहुन्थ्यो ।’
आफूले लामो समयसम्म पारिजातसँग सहकार्य गरेको उल्लेख गर्दै भुसालले पृतिसत्तात्मक र सामाजिक न्यायमा पारिजातको योगदान अतुलनिय रहेको बताइन् ।
उनले भनिन्, ‘मेरो र पारिजातको राजनीतिक सहकार्य पनि छ । हामीले महिलामुक्तिको अभिन्न अंगका रुपमा सामन्तवाद, पृत्तसत्तावाद विरुद्धको समाजवादका लागि अखिल नेपालमा रही लामो समय सहकार्य गरेका छौं ।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा