सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा , १२ वैशाख । विपरीत दिशाबाट आउँदै गरेका जीप र मोटरसाइकल एकअर्कासँग जुध्दा झापामा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी–८ झिलझिलेमा बुधबार बिहान दुर्घटनामा परी मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको र उनीहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र. १–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किएका थिए । जीप चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा