सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ८ बैशाख । नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहँदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार भइरहेको छ। त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ। महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। यस अघि शुक्रबार चाँदी तोलाको १७ सय २० मा कारोबार भएको थियो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा