सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ बैशाख । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अन्य ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत रुपन्देहीमा मुद्धा दर्ता भएको थियो। जीबी राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गराएको हो। सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा