सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ बैशाख । एकै ओभरमा ६ छक्का प्रहार गरेर चर्चा कमाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरीले आईसीसी टी–२० वरियतामा पनि छलाङ लगाएका छन्।
आईसीसीले बुधबार जारी गरेको नयाँ वरियतामा ऐरी आईसीसी टी–२० वरियताको अलराउन्डरतर्फ ११ औँ स्थानमा उक्लिएका छन्।
नयाँ वरियतामा दीपेन्द्र १४औँ स्थान सुधार गर्दै ११औँ स्थानमा पुग्न सफल भएका हुन्। त्यसैगरी ब्याटिङतर्फको विश्व वरियतामा १६ स्थान सुधार गर्दै ऐरी ६२औँ स्थानमा उक्लिएका छन्।
ओमनमा जारी एसीसी टी–२० प्रिमियर कपमा उनले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए। टी–२० मा एकै ओभरमा ६ छक्का हान्ने उनी तेस्रो खेलाडी हुन्। यसअघि भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरन पोलार्डले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए।
यो प्रदर्शनसँगै उनले आईसीसी वरियतामा छलाङमा मारेका हुन्। टी–२० अलराउन्डर वरियताको शीर्षस्थानमा बाङ्लादेशका सकिब अल हसन छन्।
त्यस्तै, टी–२० ब्याटिङमा पनि उनले सुधार गरेका छन्। एकै पटक १६ स्थान उक्लिँदै ब्याटिङको ६२औं स्थानमा पुगेका छन्।
ब्याट्सम्यानको नयाँ वरियतामा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल ५३औँ स्थानमा रहँदा आसिफ शेखले ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा उक्लेका छन्।
त्यस्तै, ब्याटिङमा आसिफ शेखले पनि छलाङमा मारेका छन्। उनी ३६ स्थान सुधार गर्दै ७२औं स्थानमा पुगेका छन्।
कुशल मल्लको पनि वरियतामा सुधार भएको छ। नौ स्थान सुधार गर्दै उनी १००औं स्थानमा पुगेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा