सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ बैशाख । दाङको घोराहीबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस बुधबार सल्यानमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
घोराहीबाट गएको रा।१ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिका–२, सिङबाङस्थित पुलबाट खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए। दुर्घटनामा १४ जना घाइते भएका छन् जसमा चार जनाको अवस्था गम्भीर छ। अन्य १० जना सामान्य घाइते भएका छन्।
यात्रुवाहक बस अनियन्त्रित भएर पुलबाट खसेको कार्कीले बताए। स्थानीय बासिन्दा र सुरक्षाकर्मीले घाइतेलाई उद्धार गरेर अस्पताल पुर्याएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा