सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ बैशाख । गायिका एलिना चौहान आज विवाह बन्धनमा बाँधिएकी छिन्।
झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा एलिनाले प्रेमी विष्णु सापकोटासँग लगनगाँठो कसेकी हुन् ।
केही समयअघि यो जोडीको प्रेम सम्बन्ध टुटेको चर्चा चलेको थियो ।
गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।
आफन्त र एलिना निकट कलाकारहरु रचना रिमाल, मेलिना मैनाली लगायत विवाहमा उपस्थित थिए ।
विष्णु बागलुङको घरबाट जन्ती लिएर मंगलबार बेलुका झापा पुगेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा