सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , वैशाख ४ । किशोरीलाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको चाबहिलमा फ्रेण्डसिप ब्युटी एण्ड स्पा सञ्चालन गर्दै आएकी झापाको झापा गाउँपालिका–१ की ३४ वर्षीया पूजा लोवा र काठमाडौं–७ गंगाहिटी बस्ने चितवनको वीरेन्द्रनगरकी ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन छन् ।
मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले लोवालाई चावहिल र पुनलाई ज्ञानेश्वरबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । साथै पीडित किशोरीलाई उद्धार गरी हाल सुरक्षित आवासमा राखिएको छ ।
प्रहरीका अनुसार नाबालिकालाई वेटरको काममा लगाइदिने भनि ओमकुमारीले पूर्वी नवलपरासीको एक रेष्टुरेन्टमा पठाएकी थिइन । रेष्टुरेन्ट संचालकले ललाइफकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाए । त्यसको केही समयपछि ती किशोरीलाई काठमाडौं ल्याएर लोवाले आफ्नो चाबहिलस्थित ब्युटी एण्ड स्पामा काममा मात्र लगाइनन्, विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुल्न आएको जनाइएको छ ।
साथै ओम कुमारीले ती किशोरीलाई राती ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा ‘पठाओ’ प्रयोग गरि पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको पनि खुल्न आएपछि प्रहरीले धरपकड गरेको हो ।
पक्राउ परेका दुवैविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन हिरासत म्याद अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा