सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , वैशाख ४ । वर्षा र सहकालका देवता सेतो मछिन्द्रनाथको रथयात्रा आजदेखि सुरु भएको छ । काठमाडौंको दरबारमार्गस्थित तीनधारा पाठशालामा मंगलबार अपराह्न मछिन्द्रनाथको रथारोहण गरेपछि रथयात्रा सुरु भएको हो ।
उपत्यकाका वृद्धवृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ । सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य, दीर्घायु तथा आर्थिक उन्नति हुने विश्वास रहिआएको छ ।
करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मछिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई तीनधारा पाठशाला अघि बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।
सेतो मछिन्द्रनाथको रथ मछिन्द्र बहालदेखि तीनधारा पाठशाला, जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनखेलसम्म लगिन्छ ।
रथयात्रको पहिलो दिन आज रथलाई तीनधाराबाट रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याएर पहिलो दिनको यात्रा समाप्त गरिने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा