सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१८ जेठ, काठमाडौं । नवीन प्रविधिहरु भित्राउँदै विश्वस्तरीय सेवा तथा ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम उच्चगतिको मोबाइल ब्रोड ब्याण्ड सेवामा ग्राहकको पहुँच पुर्याउन फोरजी सेवा सुचारु गरिएको एनसेलले जनाएको छ ।
नयाँ सिमकार्ड लिएका तथा फोरजी चल्ने मोवाइल भएका सबै एनसेल ग्राहकले बिहीबारबाट काठमाडौं उपत्यका लगायत नगरकोट, बनेपा र धुलिखेलमा यो सेवा लिन सक्नेछन् । “हामी प्रविधि तटस्थताले देश र जनतामा ल्याउने वृहत सकारात्मक प्रभावका बारेमा सोचेर उत्साहित छौं । यसले हामीलाई डिजिटल नेपालको निर्माणको यात्रामा अघि बढाएको छ, एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।
सन् २०१७ को अन्त्य सम्ममा कुलजनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउने लक्ष्य एनसेलले लिएको छ । यसका लागि उसले देशका विभिन्न ४० शहरहरुमा फोरजी सेवा सुचारु गर्ने योजना सहित नेटवर्क परीक्षण गरिरहेको छ । फोरजी सेवाका लागि ग्राहकले आफूले प्रयोग गरीरहेको सिमलाई नजिकैको एनसेल सेन्टरबाट फोरजी चल्ने सिम (युसिम) सँग निःशुल्क साट्न सक्छन् । नयाँग्राहकले फोरजी सिम नै प्राप्त गर्ने उसले बताएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा