सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा वैशाख ०४ गते। नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैत्राष्टमी (चैते दशैं) को अवसरमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा निशान तथा मौलो पूजा कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मीले एक कार्यक्रमका बीच निशान तथा मौलामा पूजा गर्नुका साथै संकल्प पूजा आरधाना समेत गरि कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
उक्त अवसरमा उहाँले कुभिन्डो तथा बलि पूजा साथै विभिन्न हातहतियारको समेत पूजा गर्नुभयो र प्रहरीको एक टुकुडीले चारै दिशामा रहेका विभिन्न शक्तिपिठ एवं देविदेवताहरुलाई सलामी अर्पण समेत गरेको थियो ।
कार्यक्रममा चैत्राष्टमी (चैते दशै)को शुभकामना व्यक्त गर्नुहुँदै प्रहरी वरिष्ठ उपरीक्षक रेग्मीले नेपाल प्रहरी संगठनका सदस्य एवं परिवारजनमा सुख, शान्ति र समृद्धिको कामना समेत गर्नुभएको छ । साथै उहाँले उक्त पूजाका बिभिन्न विधामा कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई शिरमा पगडी बाधिदिनुका साथै नगद पुरस्कारले समेत पुरस्कृत गर्नुभएको छ ।
कार्यक्रममा पोखरा स्थित बिभिन्न प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी कर्मचारीहरुद्वारा सयुंक्त रुपमा पुष्प अक्षेता सहित भगवती मन्दिरको परिक्रमा समेत गरिएको थियो ।
साथै, चैत्राष्टमी कै अवसरमा प्रहरी नायव उपरीक्षक दिपक के.सीले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा रहेको भगवती मन्दिरमा पुजा आरधना गर्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा