सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ बैशाख । नयाँ वर्ष २०८१ को पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतबार २ दशमलव ३५ अङ्कले घटेर २ हजार २३ दशमलव ३५ विन्दुमा झरेको छ ।
यसदिन आज ३२० वटा कम्पनीको ७७ लाख ९५ हजार कित्ता शेयर ३ अर्ब ६ करोड रुपैयाँमा कारोबार भएको छ ।
आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापारबाहेक सबै समूहको शेयर घटेकोमा बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावर कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज गुराँस लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा