सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी, वैशाख २ । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेस गरेका छन् ।
यसअघि नाउपाकै अर्का नेता लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरिसकेका छन् ।
कैलाश चौधरीले भने एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्तिको आफूसहित अर्को एक जना सांसद र एउटा स्वतन्त्र सांसदको समर्थनमा दाबी पेस गरेका हुन् ।
यसअघि लक्ष्मणले कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा दाबी पेस गरेका छन् ।
कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६, एकीकृत समाजवादीका ४ र राप्रपाका १ सांसद गरी बहुमत सांसदको समर्थन रहेको लक्ष्मणले बताएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा