सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ , वैशाख २। सरकारले संसद्को चालु अधिवेशन अन्त्य गरेर बैठकमा उठेका विषयबाट भाग्न खोजेको भनेर कांग्रेसले लगाएको आरोपको खण्डन गरेको छ ।
आइतबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिकपछि सञ्चारकर्मीहरूले गरेको प्रश्नको जवाफ दिंदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले फरक ढंगले बजेट कार्यक्रम अघि बढाऔँ भनेर समय लिन खोजेको र संसद् अन्त्य स्वभाविक प्रक्रियामाबाट नै भएको बताइन । उनले संसद बैठकमा उठेका विषयबाट भाग्न खोजेको भनेर कांग्रेसले लगाएको आरोप गलत भएको दाबी गरिन ।
उनले भनिन,‘अब बजेट अधिवेशन नजिक आउँदैछ । यस पटक बजेट कार्यक्रममा नयाँपन दिने पनि हामीले भनेका छौँ । त्यही अनुसार हामीले सिद्धान्त र प्राथमिकता पारित गरिसकेका छौँ । सिद्धान्त र प्राथमिकतामा धेरै मान्यज्यूहरुका सल्लाह र सुझाव छन् । त्यसलाई परिमार्जन गर्नुपर्नेछ । नीति तथा कार्यक्रम, बजेटको तयारी गर्नुपर्ने भएकाले सरकारको मुख्य ध्यान त्यतातिर गएको छ । त्यसकारण सरकारले अलि फरक ढंगले बजेट कार्यक्रम अघि बढाउन खोजेको हो ।’
संसद् अन्त्य स्वभाविक प्रक्रियामा भएको भन्दै मन्त्री शर्माले यसलाई अन्य अर्थमा नबुझ्न आग्रह गरिन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा