सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३० चैत । सरकारले पूर्वराजदूत डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई मनोनीतको लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
नेकपा एमालेकी विदेश विभाग सदस्यसमेत रहेकी शाक्य यसअघि राष्ट्रिय योजना आयोगको सदस्य पनि नियुक्त भएकी थिइन्।
यसअघिको कांग्रेससँगको गठबन्धन सरकार हुँदा जनमोर्चाकी दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको थियो।
राष्ट्रियसभाका ५९ सदस्यमध्ये ३ जना राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक व्यवस्था छ। राष्ट्रपतिबाट मनोनीत वरिष्ठ अधिवक्ता रामनारायण विडारीको कार्यकाल सकिएपछि रिक्त कोटामा शाक्य मनोनीत हुने भएकी हुन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा