सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, चैत २७ । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। गत आइतबारदेखि लगातार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो।
यसअघि सोमबार (हिजो) हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रूपैयाँ बढी हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार छ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३५ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा