सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । भारतीय सेनाको रणनीतिक बल कमाण्डले डीआरडीओसँगको सहकार्यमा नयाँ पुस्ताको ब्यालिस्टिक मिसाइल अग्नि प्राइमको सफल परीक्षण गरेको छ। हिजो साँझ करिब ७ बजेर १५ मिनेटमा भारतको ओडिशाको डा. एपीजे अब्दुल कलाम आइल्याण्डमा परीक्षण गरिएको थियो । यी मिसाइलहरू आणविक हतियार बोक्न सक्षम छन्।
भारतीय रक्षा मन्त्रालयले अग्नि प्राइम मिसाइल परीक्षणका क्रममा आफ्ना सबै मापदण्ड र उद्देश्य पूरा गरेको जनाएको छ। परीक्षणको क्रममा, विभिन्न सेन्सरहरू स्थापना गरिएको थियो, जसमा मिसाइल परीक्षणसँग सम्बन्धित डाटा सङ्कलन गरिएको थियो।
रक्षामन्त्री राजनाथ सिंहले अग्नि मिसाइलको सफल परीक्षणको लागि डिआरडिओ रणनीतिक बललाई बधाई दिए। क्षेप्यास्त्रको सफल परीक्षणले सुरक्षा बललाई मजबुत बनाउने रक्षामन्त्रीले बताए ।
अग्नि प्राइम मिसाइलका विशेषताहरु के के छन् ?
अग्नि प्राइम ब्यालेस्टिक मिसाइल मध्यम दूरीको क्षेप्यास्त्र हो, जसको दायरा करिब १२००–२००० किलोमिटर हुन्छ। यो क्षेप्यास्त्र यसको शुद्धताका लागि परिचित छ। यो मिसाइल आणविक हतियार बोक्न सक्षम छ । यो क्षेप्यास्त्रमा १५०० देखि ३००० किलो वारहेड बोक्न सकिन्छ । यो मिसाइलको वजन करिब ११ हजार किलोग्राम रहेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा