सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १५ चैत । भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका टोपबहादुर रायमाझीलाई अस्पताल भर्ना गरिएको छ।
नेकपा (एमाले) का निलम्बित सचिव समेत रहेका रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई महाराजगञ्जस्थित टिचिङ अस्पताल परिसरमा रहेको
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।
उनको पल्स घट्ने तथा रक्तचाप घट्ने बढ्ने भइरहेको बताइएको छ ।
मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलले बताए।
रायमाझीलाई २४ घन्टा निगरानीमा राखेर उपचार गरिने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा